चितवन :रिउ नदीमा आएको बाढी माडी नगरपालिका–३ स्थित सिमरा र पौहारी गाउँमा प्रवेश गरेको छ।बाढीका कारण सिमरा गाउँमा खेडु महतोसहित केही घर डुबानमा परेका छन्। बाढीका कारण स्थानीयवासी झोलुङ्गे पुलतर्फ जानसमेत नसक्ने अवस्था रहेको जनाइएको छ।
पौहारी गाउँमा पनि रिउ नदीको बाढी बस्तीमा प्रवेश गरेको छ। लगातारको वर्षासँगै रिउ नदीको जलस्तर बढेपछि माडीका नदी तटीय तथा होचा भूभागमा बाढीको जोखिम बढेको छ।
यसैबीच, अत्यधिक वर्षाका कारण माडी विद्युत् उपकेन्द्रका दुवै फिडरमा ‘अर्थफल्ट’ भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राविधिक टोलीले समस्या पहिचान गरी मर्मतको काम गरिरहेको र मर्मतपछि विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
विद्युत्को पोल ढलेको, आगोको झिल्का देखिएको वा पड्किएको आवाज सुनिएको अवस्थामा तत्काल ०५६–५०१०८० मा जानकारी गराउन विद्युत् कार्यालयले अनुरोध गरेको छ। विद्युत् सेवा सञ्चालन नभएसम्म धैर्य गर्नसमेत कार्यालयले आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij