Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कालीगण्डकी नदीको बहाव बढ्दा स्याङ्जा–गुल्मी जोड्ने बेलिब्रिज बगायो

कालीगण्डकी नदीको बहाव बढ्दा स्याङ्जा–गुल्मी जोड्ने बेलिब्रिज बगायो

पोखरा : अविरल वर्षापछि कालीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ । नदीको बहावले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ । 

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल राती बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । 

‘पुल बगाएको भन्ने खबर आएको छ । हामी त्यहाँ जाँदैछौं,’ उनले भने । उक्त पुल कालिगण्डकी जलविद्युत आयोजनाको नजिकै रहेको बताइएको छ । अन्य क्षतिबारे कुनै विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij