Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पहिलो साता डेढ करोड व्यापार, ‘झिँगेदाउ २’मा दर्शकको भीड बढ्दो

पहिलो साता डेढ करोड व्यापार, ‘झिँगेदाउ २’मा दर्शकको भीड बढ्दो

काठमाडौं  : असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ २’ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। पारिवारिक कथा र मनोरञ्जनात्मक प्रस्तुतिका कारण चलचित्र दर्शकको रोजाइमा परेको निर्माण पक्षको दाबी छ।

वितरकका अनुसार चलचित्रले प्रदर्शनको पहिलो सातामा करिब डेढ करोड रुपैयाँको व्यापार गरेको छ। दोस्रो साताको शनिबार पनि विभिन्न हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको र केही हलमा शो संख्या समेत बढेको वितरकले जनाएको छ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले लिएका दर्शक प्रतिक्रियामा समेत केही दर्शक चलचित्र हेरेपछि भावुक हुँदै हलबाट बाहिरिएको देखिन्छ।ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रको कथा जेठानी र देउरानीबीचको विवादबाट सुरु हुने पारिवारिक कलहको वरिपरि घुम्छ। सामान्य देखिने पारिवारिक विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यबीचको सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयलाई चलचित्रले मनोरञ्जनसँग जोडेर प्रस्तुत गरेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्मित चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ।रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij