Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दीपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्राडा योगेन्द्रप्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij