Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कोशीको पानी तिलाठी कोइलाडीका १७ घरमा पस्यो

कोशीको पानी तिलाठी कोइलाडीका १७ घरमा पस्यो


१० असोज, सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।‎
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎
उनका अनुसार वडा नं. ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।
‎त्यस्तै वडा नं. ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएको झाले जानकारी दिए ।‎‎यसैबीच तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् ।‎

‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यम कृष्ण थापाका अनुसार कोशीमा पानीको बहवा उच्च भएकोले कोशी छेउछेउमा पानी बढेको अहिले विस्तारै पानी घटने क्रममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij