Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रमुख नदीमा जलसतह बढ्यो, दर्जनौँ जिल्लामा बाढीको जोखिम

प्रमुख नदीमा जलसतह बढ्यो, दर्जनौँ जिल्लामा बाढीको जोखिम

काठमाडौं : देशका प्रमुख नदी तथा खोलामा जलसतह बढ्दै गएपछि विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, कर्णालीलगायत प्रमुख नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बागमती, पश्चिम राप्ती, बबईलगायत नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ।
शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। गोरखा, लमजुङ, कास्की, नवलपरासी, रुपन्देही, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरालगायत जिल्लामा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, पर्सालगायत जिल्लामा मध्यम जोखिम रहेको छ।
महाशाखाले प्रमुख नदीमा जलसतह बढ्ने क्रम आगामी एक–दुई दिनसम्म जारी रहन सक्ने जनाएको छ। तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन र नदी किनारमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij