नवलपरासी : अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ।
असोज ९ गते परेको वर्षाले नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी टोली खटिएको थियो। सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीयको सकुशल उद्धार गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij