Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अझै पुरा भएन ‘इन्टर्न चिकित्सक’को माग,१५ दिनभित्र सहमति कार्यान्वयन नभए पुनः आमरण अनशनको चेतावनी

अझै पुरा भएन ‘इन्टर्न चिकित्सक’को माग,१५ दिनभित्र सहमति कार्यान्वयन नभए पुनः आमरण अनशनको चेतावनी

 

काठमाडौँ : एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्। MBBS/BDS Intern Stipend Movement, Nepal का संयोजक डिल्ली हरिजनले १५ दिनभित्र सहमति अनुसार निर्णय र कार्यान्वयन नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

उनका अनुसार इन्टर्न चिकित्सकहरूले विगत पाँच महिनादेखि समान निर्वाह भत्ता, कार्यघण्टा र अधिकार सुनिश्चितताको माग गर्दै संवाद, ज्ञापनपत्र तथा शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्। यस क्रममा २०८३ भदौ १४ गतेदेखि आमरण अनशन सुरु गरिएको थियो।

सरकारसँग भएको वार्तापछि भदौ २२ गते पाँचबुँदे सहमति भएपछि अनशन स्थगित गरिएको भए पनि करिब ४५ दिन बितिसक्दा समेत सहमति कार्यान्वयनमा प्रगति नभएको उनीहरूको गुनासो छ।

विज्ञप्तिमा चिकित्सा शिक्षा क्षेत्रका समस्याप्रति सरकार र चिकित्सा शिक्षा आयोग (MEC) जिम्मेवार र प्रभावकारी बन्नुपर्ने उल्लेख गरिएको छ। साथै, नेशनल मेडिकल कलेज लगायतका विषयले समस्या थप जटिल बनाएको जनाइएको छ।

हरिजनले आजको मितिदेखि १५ दिनभित्र सहमति अनुसार स्पष्ट निर्णय र कार्यान्वयन प्रक्रिया अघि नबढाए शान्तिपूर्ण रूपमा पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

उनले इन्टर्न चिकित्सकहरूको माग नयाँ नभई समान कामका लागि समान पारिश्रमिक र सम्मानजनक व्यवहार सुनिश्चित गर्नु राज्यको दायित्व भएको पनि उल्लेख गरेका छन्।

821862089_1618506713637783_5810222324141296509_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij