Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्मान आज राष्ट्रिय शोक मनाइँदै छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आज दिन दिन बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा नेपालभर शोक मनाइँदै छ ।

सरकारले आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यही १० भदौमा रसुवाको भोटेकोसीहुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीमा परेर अहिलेसम्म १ हजार ३३९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी मानिस बेपत्ता छन् । बाढीले ठूलो भौतिक क्षति पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij