Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सिन्धुपाल्चोकको बोल्डेमा तीन घण्टामै ६०.४ मिलिमिटर वर्षा

सिन्धुपाल्चोकको बोल्डेमा तीन घण्टामै ६०.४ मिलिमिटर वर्षा

काठमाडौँ : बितेको तीन घण्टामा सिन्धुपाल्चोक जिल्लाको बोल्डेमा सबैभन्दा धेरै ६०.४ मिलिमिटर वर्षा भएको छ।   शनिबार दिउँसो ३ : २० बजेसम्मको अपडेट अनुसार जल तथा मौसम विज्ञान विभागले यो जानकारी दिएको हो ।

विभागका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा जारी रहेको छ। बागमती प्रदेशका एकदुई स्थानमा भने भारी वर्षासमेत भइरहेको जनाइएको छ।

देशका विभिन्न भागमा थप वर्षाको सम्भावना कायमै रहेकाले सर्वसाधारणलाई विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ। विस्तृत र थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइटमा हेर्न सकिने प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट