गोरखा : शहीद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी,FANSEP गोरखाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्य, शिक्षा समितिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, मनकामना आयुर्वेद औषधालय तथा विभिन्न विषयगत शाखाका प्रमुखहरूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रस्तुत प्रगति विवरणमाथि सहभागी सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो। छलफलका क्रममा गाउँपालिकाको विकास, सेवा प्रवाह तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावसमेत प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
पारदर्शिता, जवाफदेहिता र सुशासनलाई थप सुदृढ गर्दै गाउँपालिकाको विकास तथा सेवा प्रवाहलाई जनमुखी बनाउन वार्षिक प्रगति समीक्षा कार्यक्रम महत्वपूर्ण रहेको गाउँपालिकाको विश्वास छ।
समीक्षाका क्रममा गाउँपालिकाले आगामी दिनमा विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij