Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुर्खेत प्रहरीद्वारा जङ्गलबाट चार थान भरुवा बन्दुक बरामद, तीन वटा थिए ‘लोडेड’

सुर्खेत प्रहरीद्वारा जङ्गलबाट चार थान भरुवा बन्दुक बरामद, तीन वटा थिए ‘लोडेड’

सुर्खेत : सुर्खेत प्रहरीले जङ्गलमा लुकाइराखेको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारेको छ। शुक्रबार बिहान १०:१५ बजेतिर बराहताल-६ स्थित बिउरेनीको जङ्गलबाट ती बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।

उनका अनुसार भरुवा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी चौकी बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा आठ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले खोजी गर्ने क्रममा काठको थुप्रोभित्र लुकाइराखेको अवस्थामा चार थान बन्दुक फेला पारेको हो। फेला परेका बन्दुकमध्ये तीन वटा भरुवा बन्दुक ‘लोडेड’ अवस्थामा थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट