Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ : नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो । ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटनामा करिब ५० जना घाइते रहेको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट