Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सिंहदरबारमा खुल्यो सुलभ खाद्य बिक्री कक्ष, १४२ प्रकारका सामग्री उपलब्ध

सिंहदरबारमा खुल्यो सुलभ खाद्य बिक्री कक्ष, १४२ प्रकारका सामग्री उपलब्ध

काठमाडौं : सिंहदरबार परिसरमा कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन्।
उद्घाटन कार्यक्रममा मन्त्री कुमारीले बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कामका लागि आउने सेवाग्राही लाभान्वित हुने बताइन् ।

मन्त्री यादवले भनिन्- 'कर्मचारी लगायत सिंहदरबारमा आउनेहरुका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।' कार्यालय समयपछि घर फर्कने क्रममा आवश्यक दैनिक उपभोग्य वस्तु सहजै खरिद गर्न सकिने भएकाले समय बचत हुनुका साथै व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

मन्त्री कुमारीले सिंहदरबार प्रवेश गर्ने सबैलाई बिक्री कक्षको अवलोकन गरी सेवा लिन आग्रह गरिन् । उनका अनुसार हाल देशका विभिन्न पाँच स्थानमा यस्ता बिक्री कक्ष सञ्चालनमा छन् । आगामी दिनमा सेवा थप विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।

सरकारी स्टल निजी क्षेत्रका भाटभटेनीजस्ता सुपरमार्केटमा समेत राख्ने विषयमा गृहकार्य भइरहेको मन्त्री कुमारीले बताइन् । उनका अनुसार सिंहदरबारको बिक्री कक्षमा दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्री उपलब्ध छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट