Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भक्तपुरमा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ

भक्तपुरमा कुटपिट गरी युवकको हत्या, एक जना पक्राउ

भक्तपुर : सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन् । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा मनिष गम्भीर घाइते भएका थिए। घाइते मनिषको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट