Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जनआस्था सम्पादक श्रेष्ठ पक्राउपछि पत्रिका कार्यालयमा प्रहरीको छापा

जनआस्था सम्पादक श्रेष्ठ पक्राउपछि पत्रिका कार्यालयमा प्रहरीको छापा

काठमाडौँ  : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ ।

जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ ।

यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।

नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट