Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रोल्पामा पहिरोमा परि दुई जनाको मृत्यु, दुई जना घाइते

रोल्पामा पहिरोमा परि दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडौंः रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा रात्रि आठ बजेर ४० मिनेटको समयमा घरमाथिबाट पहिरो झरेको हो।

सोही ठाउँ बस्ने कमलबहादुर पुन मगर र अन्य ६ वटा घर गोठहरु पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ बस्ने वर्ष ६० का कमलबहादुर पुन मगर र वर्ष १८ की शान्ती पुन मगर रहेका छन्।

२२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको जनाइएको छ।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।  अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट