Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कांग्रेस प्रतिष्ठानका उपसमितिमा केन्द्रीय सदस्यलाई सहजीकरणको जिम्मेवारी

कांग्रेस प्रतिष्ठानका उपसमितिमा केन्द्रीय सदस्यलाई सहजीकरणको जिम्मेवारी

काठमाडौँ :  नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले सहजीकरणको जिम्मेवारी पाएका साथीहरूलाई यो काम पार्टीको मुख्य दायित्व ठानेर पूरा गर्न निर्देशन दिएका छन्। सभापति थापाले हरेक उपसमितिलाई एनसीफोरएनसीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरे। कांग्रेसले नागरिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई नै पार्टीको नीतिगत मुद्दा बनाउने धारणा उनले व्यक्त गरे।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति सम्वाद, समन्वय र सशक्तिकरण उपसमितिका संयोजक रेशम गुरूङ एवम् दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डी. बी. सुनारले आ-आफ्नो विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानको अर्को बैठक सोमबार बिहान ११ः३० बजे पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij