Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री शाहले माधव खनाललाई सचिवालयबाट हटाए

प्रधानमन्त्री शाहले माधव खनाललाई सचिवालयबाट हटाए

काठमाडौँ :  प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।गत १ असारको राहदानी (पासपोर्ट) प्रकरणमा उग्र व्यवहार देखाएको र निरन्तर आचरणमा प्रश्न उठेको भन्दै उनलाई टोलीबाट बिदा गरिएको स्रोतले बताएको छ । 
राहदानी विभाग र अख्तियारका पदाधिकारीसामु खनाल उग्र रूपमा प्रस्तुत भएका विभिन्न सञ्चारमाध्यमले लेखेका थिए । खनालविरुद्ध अन्य व्यक्तिगत क्रियाकलापबारे पनि उजुरी परेको थियो ।
उनलाई टिममा राखिरहँदा प्रधानमन्त्री र समग्र सचिवालयको छविमा असर पर्ने सामूहिक निष्कर्षपछि जिम्मेवारीबाट अलग गरिएको पत्र दिइएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij