Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सासंद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको गगन थापाद्वारा निन्दा

सासंद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको गगन थापाद्वारा निन्दा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको घटनाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा विचार फरक हुन सक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गरेका छन्। तर, कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

थापाले सांसद पौडेलमाथि भएको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियामार्फत दिनुपर्ने बताएका छन्। हिंसा, दुर्व्यवहार वा अपमानजनक गतिविधिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने उनको धारणा छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij