Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कांग्रेसका सभापति थापाले आफ्ना मुख्यमन्त्री र प्रदेश सभापतिलाई काठमाडौं बोलाए

कांग्रेसका सभापति थापाले आफ्ना मुख्यमन्त्री र प्रदेश सभापतिलाई काठमाडौं बोलाए

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् ।नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका हुन्। 

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आज बिहान साढे ९ बजे उनीहरूसँग छलफल गर्ने जनाइएको छ।

बैठक अन्य दुई ठूला पार्टी मिलेपछि प्रदेश सरकारको विषयमा आफ्नो पार्टीको धारणा बनाउनका लागि आयोजना गरिएको जनाइएको छ। कांग्रेसले हाल चार प्रदेश सरकारको नेतृत्व गरेको छ।

शनिबार भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने तय भएको छ। 

बाँकी रहेका प्रदेशमा एमाले–नेकपाले कांग्रेससँग पनि सहकार्य गर्नुपर्ने स्थिति छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij