काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अफ्यारो अवस्थामा रहेको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनता सजग नभए संविधानमाथि नै चुनौती सिर्जना भएको बताए।
उनले थपे, ‘भूराजनीतिक भुमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारनतार भइरहेका छन्। सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्रि तिब्बत गतिविधिहरू, दलाइ लामाको जन्मोत्सव सबैलाई थाहा छ।’ उनले प्रधानमन्त्रीले संसद्मा उभिएर आत्मघाती अभिव्यक्ति दिएकाले नेपाल भूराजनीतिक भुमरीमा धकेलिन सक्ने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij