Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग

विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप सहयोग गरेका हुन् । 

सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रिना कुमारीका पति विवेक मण्डलको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै थापाले शोकाकुल परिवारलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । 

आर्थिक सहयोगका साथै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि उनले विवेक मण्डलको असामयिक निधनले आफूलाई मर्माहत तुल्याएको उल्लेख गर्दै मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij