Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन


काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij