Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कर्णाली मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा कांग्रेसले मतदान गर्ने

कर्णाली मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा कांग्रेसले मतदान गर्ने

हुम्ला  : कर्णाली प्रदेश कांग्रेस संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध पेश हुने अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार संसदीय नेपाली कांग्रेस संसदीय दलको वसेको बैठकले अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको हो।

सांसद बेदराज सिंहले नेपाली कांग्रेस र नेकपाबीचको सहकार्यमा ३१ असारमा मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएका र बिहीबार प्रदेश सभामा पेश हुने अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्ण भएको बताए।

नेकपाका ११ र कांग्रेसका ५ जना सांसदले हस्ताक्षर गरि समर्थन फिर्ता लिएका हुन्।समर्थन फिर्ता लिएपछि सम्भवतः बिहिबार बस्ने प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश हुनेछ। उक्त प्रस्ताव पारित भए वर्तमान मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्। ४० सदस्यीय प्रदेश सभामा नेकपा र कांग्रेसका १४÷१४ जना सांसद छन्।

३१ असारमा कांग्रेसबाट सहभागी चार जना मन्त्रीहरुले राजीनामा दिएका थिए। भोलिपल्ट कांग्रेसले नेकपासँग मिलेर समर्थन फिर्ता लिएका थिए। समर्थन फिर्ता लिने बेलामै नेकपाले कांग्रेस संसदीय दल नेता जीवन शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij