रत्ननगर : रत्ननगर कलेजले संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापकीय आधुनिकीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विष्णु पुरी लाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
कलेजद्वारा आयोजित एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बासु देव पोखरेल, सञ्चालक मदन पुरी, प्राचार्य शिव सुबेदी, सञ्चालक समिति तथा विद्यार्थीहरूको उपस्थितिमा पुरीलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरिएको हो ।
२०७० सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वर्षे ब्याचलर अफ बिजनेस स्टडिज (BBS) कार्यक्रम सञ्चालन गर्दै आएको रत्ननगर कलेजले अब परम्परागत विश्वविद्यालयीय शिक्षासँगै विद्यार्थीलाई Future Ready बनाउने उद्देश्यले E-commerce, Digital Marketing, Social Commerce, Marketplace Management, Retail Technology, Al for Business तथा Entrepreneurship लगायतका व्यवहारिक तथा उद्योगमुखी सीप विकास कार्यक्रमहरू क्रमशः सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विष्णु पुरीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (M.A.) तथा युनिभर्सिटी अफ ग्रीनविच, लण्डनबाट MBA हासिल गर्नुभएको छ। उहाँले नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शिक्षा, उद्यमशीलता, ई-कमर्स तथा व्यवस्थापनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ। उहाँले विश्वविद्यालयको डिग्रीसँगै विद्यार्थीहरूलाई व्यवहारिक तथा उद्योगमुखी सीप प्रदान गरी "Learning while Earning" को अवधारणाअनुसार अध्ययनसँगै आम्दानी गर्न सक्ने क्षमताको विकासमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कलेजले पुरीको नेतृत्वमा शैक्षिक उत्कृष्टता, उद्यमशीलता, डिजिटल प्रविधि, उद्योग-शिक्षा सहकार्य तथा विद्यार्थीको व्यावसायिक क्षमता विकासलाई प्राथमिकतामा राख्दै रत्ननगर कलेजलाई व्यवस्थापन शिक्षाको अग्रणी संस्थाको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij