Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘संविधान संशोधन गरौँ, तर लोकतन्त्र कमजोर हुनेगरी होइन’ : सभापति थापा

‘संविधान संशोधन गरौँ, तर लोकतन्त्र कमजोर हुनेगरी होइन’ : सभापति थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र कमजोर बनाउनेगरी हुने संविधान स‌शोधन मान्य नहुने बताएका छन्।आइतबार पोखरामा आयोजित कार्यक्रममा सभापति थापाले सुशासन प्रवर्धनका निम्ति संविधान संशोधन आवश्यक रहे पनि पनि लोकतन्त्रको आधारभूत मूल्य र मान्यतामा कुनै किसिमको सम्झौता मान्य नहुने प्रष्ट पारे। उनले समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य स्वीकार नहुने स्पष्ट पारे। 

‘सुशासनको दृष्टिकोणबाट पनि संविधान संशोधन आवश्यक छ। यस विषयमा नेपाली काँग्रेस स्पष्ट छ। लोकतन्त्र कमजोर बनाउने वा लोकतान्त्रिक मूल्यमा सम्झौता गर्ने कुनै पनि प्रस्ताव हामीलाई स्वीकार्य छैन’, उनले भने, समावेशितालाई थप सुदृढ बनाउने विषय स्वीकार्य छ, तर त्यसलाई सङ्कुचित गर्ने वा नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने कुरा स्वीकार्य हुन सक्दैन । यी विषयबाहेकका अन्य मुद्दामा भने हामी खुला छलफल गर्न तयार छौँ।’ 

विशेषगरी शासकीय स्वरूपको विषयमा भइरहेका बहसहरूप्रति सङ्केत गर्दै सभापति थापाले यसमा खुला छलफल गर्न काँग्रेस तयार रहेको प्रतिक्रिया दिए। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ को मागका सन्दर्भमा विमर्श गर्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij