चितवन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई चितवन भ्रमणका क्रममा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले विरोधको कारणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
यद्यपि पछिल्लो समय शिक्षा सम्बन्धी नीति तथा नियमावलीको विरोधमा देशभर विभिन्न विद्यार्थी र शैक्षिक क्षेत्रसँग सम्बन्धित संगठनहरूले आन्दोलन गरिरहेका छन्। यस घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij