Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान

सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान

काठमाडौं : राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी (पश्चिम) प्रस्थान गरेका छन्। अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल विक, प्रकाश बम र विकास साही सहभागी छन्।

अभियानले सुस्तामा लामो समयदेखि सीमा विवाद रहेको र स्थानीयको जनजीवन तथा सीमा सुरक्षाको अवस्थाबारे प्रत्यक्ष अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको जनाएको छ।

अभियानका अनुसार सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएका छन्। यसअघि पनि कालापानी–लिपुलेक सीमा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरिसकेको अभियानले सुस्ता भ्रमणलाई राष्ट्रिय सीमा रक्षासम्बन्धी अभियानको निरन्तरताका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij