Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

चितवन : गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार ज्यान गुमाउनेमध्ये जंगली हात्ती र गैंडाको आक्रमणबाट दुई–दुई जना तथा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।

निकुञ्जको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षतिमा क्रमिक रूपमा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये गैंडाको आक्रमणबाट नौ जना, जंगली हात्तीबाट दुई जना तथा बाघ र गोहीको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको थियो।

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। उक्त वर्ष गैंडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट चार जना र गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो। तथ्यांकले वन्यजन्तुसँगको मानव द्वन्द्वका कारण हुने मानवीय क्षति पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको देखाए पनि निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij