Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा, सावधानीपूर्वक यात्रा गर्न आग्रह

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा, सावधानीपूर्वक यात्रा गर्न आग्रह

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा सवारीसाधन एकआपसमा ठक्कर खाँदा केही समय अवरुद्ध बनेको सडक अहिले पुनः सञ्चालनमा आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८:१५ बजेदेखि उक्त सडक खण्डमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्।

ट्राफिक प्रहरीले चालक तथा यात्रुहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारीसाधन चलाउन आग्रह गरेको छ। वर्षायामका कारण सडक चिप्लो तथा जोखिमपूर्ण हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij