Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन, ३साउन : सुरक्षाको दृष्टिकोणले मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज बिहानदेखि हटाइएपछि यातायात सञ्चालनमा आएको थियो।

तर, जलविरे क्षेत्रमा दुई वटा बस एकआपसमा ठोक्किएपछि उक्त सडकखण्ड पुनः अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले चालकहरूलाई हतार नगरी, सिमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारीसाधन चलाउन अनुरोध गरेको छ।

दुर्घटनापछि सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ। यात्रामा निस्कनुभन्दा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij