चितवन : अविरल वर्षाका कारण धादिङलगायत छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा निरन्तर बढ्ने पूर्वानुमान भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले महत्वपूर्ण सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज राति १०:०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
रातिको समयमा यात्रा गर्दा हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था गरिएको प्रशासनले जनाएको छ। यात्रुहरूलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।
आकस्मिक सम्पर्क नम्बरहरू:
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी बल : १११४
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) : १२३४
जिल्ला प्रहरी कार्यालय, चितवन (सूचना अधिकारी) : ९८५५०१३९९९