काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा दुई जना महिलाले आत्महत्याको प्रयास गरेका छन् । शुक्रबार अपराह्न काठमाडौँको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोल्दाबोल्दै ती महिलाहरूले हामीलाई बताउनुस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन् । महिला चिच्याउँदै रुँदै मञ्चतर्फ बढेपछि आयोजकले उनीहरूलाई सम्हालेका थिए ।
त्यसअघि प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको भन्दै आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने बताएका थिए । ‘अब लगभग लगभग दसैँ छेकोमा विदेशी सेना उत्रिन्छन्’, उनले भने, ‘दलाई लामाले पनि त्यही विदेशी सेनालाई प्रोटेस्ट गर्छन् ।’
प्रसाईंले देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको तथा देश धेरै अप्ठेरो अवस्थामा पुगेको भन्दै सिंहदरबार र बालुवाटार अगाडी एकै दिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij