Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बिटुमिन अभावले कालिकाका ९ सडक आयोजना अलपत्र

बिटुमिन अभावले कालिकाका ९ सडक आयोजना अलपत्र

चितवन : चितवनको कालिका नगरपालिकामा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएका ९ वटा सडक आयोजना बिटुमिन (अलकत्रा) अभावका कारण अलपत्र परेका छन्।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २९ वटा आयोजना ठेक्का लागेकामध्ये २५ वटा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य थियो। तर सडक कालोपत्रेका लागि आवश्यक बिटुमिन बजारमै नपाएपछि ठेकेदारहरूले बेस निर्माण सम्पन्न गरेपछि काम रोक्न बाध्य भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बिटुमिन अभावका कारण करिब ५०–५५ प्रतिशत काम सम्पन्न भए पनि अन्तिम कालोपत्रे गर्न नसकिएको बताउनुभयो। नगरप्रमुख विनोद रेग्मीले पनि इरान–अमेरिका तनावका कारण नेपाली बजारमा बिटुमिनको अभाव भएपछि सडक निर्माण प्रभावित भएको जानकारी दिनुभयो।

चपागौडी–बुङखोला–सेरबास, जुटपानी–शक्तिखोर लगायतका सडक स्तरोन्नति तथा विभिन्न वडाका एकीकृत सडक योजनाहरू अहिले बिटुमिन अभावकै कारण रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij