Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवन : जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण चितवनसहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही तथा चितवन लगायतका जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

त्यसैगरी गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्ने र मध्यम जोखिम रहेको विभागले जनाएको छ।

विभागले नदी किनार, तटीय क्षेत्र तथा होचा स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, अनावश्यक रूपमा नदी तथा खोलामा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनाको पालना गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij