रत्ननगर : मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रत्ननगरस्थित श्री बैरिया माध्यमिक विद्यालयलाई आधुनिक पिउने पानी वितरण यन्त्र (वाटर डिस्पेन्सर) हस्तान्तरण गरेको छ।
टाँडी शाखाको पहलमा विद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यार्थी तथा विद्यालय परिवारलाई स्वच्छ, सुरक्षित र सहज रूपमा पिउने पानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
कार्यक्रममा फाइनान्सका प्रतिनिधिले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालय समयमा स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न सहयोग गरिएको बताए। उनका अनुसार स्वस्थ विद्यार्थी नै गुणस्तरीय शिक्षाको आधार भएकाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
मञ्जुश्री फाइनान्स लिमिटेडले व्यवसायिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि समाजको रूपान्तरण र जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
हाल मञ्जुश्री फाइनान्स लिमिटेडले देशभर २८ वटा शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरमार्फत आधुनिक तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij