Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन ट्राफिकको आग्रह

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन ट्राफिकको आग्रह

चितवन : निरन्तरको भारी वर्षाका कारण चितवन जिल्लाका विभिन्न सडक खण्डमा पहिरो खस्ने, ढुंगा झर्ने तथा सडक अवरुद्ध हुने अवस्था सिर्जना भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले आग्रह गरेको छ।

कार्यालयले जारी गरेको सूचनामा वर्षाका कारण सवारी आवागमन प्रभावित भई यात्रा जोखिमपूर्ण बनेको उल्लेख गर्दै यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबै यात्रुलाई अनुरोध गरेको छ।

यस्तै, सडकमा अनावश्यक रूपमा लेन परिवर्तन गर्ने, विपरीत दिशाको लेन (Wrong Lane) प्रयोग गर्ने, जथाभावी ओभरटेक गर्ने तथा हतारमा जोखिमपूर्ण ढंगले सवारी सञ्चालन नगर्न चालकहरूलाई सचेत गराइएको छ।

ट्राफिक प्रहरीले धैर्यता, संयमता र ट्राफिक नियमको पालना नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै सबैलाई जिम्मेवार र सतर्क भएर यात्रा गर्न आग्रह गरेको छ।

"सुरक्षित रहौँ, जिम्मेवार बनौँ।" भन्ने सन्देशसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले वर्षायाममा विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij