काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गरेको भेटिएको छ ।
थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो । सो गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सोमबार नै सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरू प्रहरीले हटाएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij