इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरेको छ।आज गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षतामा आयोजित एक कार्यक्रममा सुन्तलासहित विभिन्न जातका फलफूलका बिरुवा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।
गाउँपालिकाका कृषि अधिकृत आशिष त्रिपाठीले गाउँपालिकाले सुन्तलासहित ११ प्रकारका विभिन्न फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालले कृषकहरूको मागका आधारमा अनुदानमा बिरुवा उपलब्ध गराइएको बताउनुभयो। उहाँले गाउँपालिकाले कृषकहरूलाई तालिमदेखि आवश्यक कृषि औजारसमेत उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले कृषकहरूलाई व्यावसायिक कृषि उत्पादनतर्फ लाग्न आग्रह गर्दै उत्पादित वस्तुको बजार व्यवस्थापनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij