Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा घरघरमै राहदानी सेवा सुरु

चितवनमा घरघरमै राहदानी सेवा सुरु

चितवन : जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्‍याउने सेवा सुरु गरेको छ। हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरसम्म पुर्‍याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालले जानकारी दिए।

पहिले चिठीपत्र वितरणमा सीमित हुलाक सेवा अहिले पार्सल, ईएमएस तथा राहदानीलगायत सेवा घरघरमा पुर्‍याउन सक्रिय भएको उनले बताए।

सरकारको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनअन्तर्गत उक्त सेवा सुरु गरिएको हो। जिल्ला हुलाक कार्यालयका अनुसार हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवा पहुँच विस्तार भएको छ।

भरतपुर महानगरपालिकाभित्र पाँच, राप्ती नगरपालिकामा चार तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij