Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

घनश्याम दाहाल ‘अविनाश’को नयाँ राजनीतिक जिम्मेवारी, बने चितवन जिल्ला इन्चार्ज

घनश्याम दाहाल ‘अविनाश’को नयाँ राजनीतिक जिम्मेवारी, बने चितवन जिल्ला इन्चार्ज

चितवन : नेपाली कम्युनिष्ट आन्दोलनमा फरक धारका नेताका रूपमा परिचित घनश्याम दाहाल ‘अविनाश’लाई नेपाली कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।  सरल, निडर र हक्की स्वभावका कारण चितवनको राजनीतिक वृत्तमा अलग पहिचान बनाउन सफल दाहाललाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको हो ।

दाहाल बागमती प्रदेश सभा सदस्य तथा वाग्मती प्रदेश सरकारका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्रीसमेत रहिसकेका नेता हुन् । उनी चितवन निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेशसभा निर्वाचनमा सहभागी भएका थिए । पार्टी संगठन सुदृढीकरण, जनताको पक्षमा आवाज उठाउने शैली र स्पष्ट राजनीतिक धारका कारण उनी कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् ।

पार्टीको नयाँ जिम्मेवारी पाएसँगै दाहाललाई विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् । जिल्लामा पार्टी संगठन विस्तार, जनपरिचालन र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij