खैरहनी : विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेसन’ले पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना गर्ने भएको छ।
कार्यक्रम जेठ १४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई विदेश अध्ययनसम्बन्धी जानकारी, छात्रवृत्ति अवसर तथा करियर परामर्श प्रदान गरिनेछ।
यस कार्यक्रममा अष्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्ड तथा संयुक्त राज्य अमेरिका जस्ता लोकप्रिय शैक्षिक गन्तव्यबारे विस्तृत जानकारी प्रदान गरिनेछ। साथै विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरसमेत विद्यार्थीहरूले प्राप्त गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, अध्ययनको रुचि र भविष्यको करियर योजनाका आधारमा उपयुक्त देश, विश्वविद्यालय तथा उपलब्ध छात्रवृत्ति अवसरबारे परामर्श लिन सक्नेछन्। अभिभावकहरूले पनि आफ्ना सन्तानको भविष्यका लागि सही शैक्षिक गन्तव्य तथा विश्वविद्यालय छनोटबारे आवश्यक मार्गदर्शन प्राप्त गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा स्पट एसेसमेन्ट, छात्रवृत्ति तथा शुल्कसम्बन्धी जानकारी, कोर्स तथा देश छनोट परामर्श, साथै अंग्रेजी भाषा तयारीसम्बन्धी विशेष जानकारीसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ। सन् २००५ मा स्थापना भएको ‘द नेक्स्ट एजुकेसन’ विगत दुई दशकदेखि नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाका लागि मार्गदर्शन गर्दै आएको संस्था हो। संस्थाले विभिन्न देशका विश्वविद्यालयसँग सहकार्य गर्दै अध्ययन, करियर तथा विदेश शिक्षासम्बन्धी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij