Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट, सुन लुटेर फरार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट, सुन लुटेर फरार

चितवन : चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ।

स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति करिब १२ बजे अज्ञात व्यक्तिहरूले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी घिमिरेको आँखा र मुख थुनेर कुटपिट गरेका थिए।

कुटपिटपछि आक्रमणकारीहरूले उनले लगाएको करिब २ तोलाको सुनको रिङ लुटेर फरार भएका हुन्। घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता मनिस श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार शंकास्पद व्यक्तिहरूमाथि निगरानी राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij