Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, चाँदीको के भयो ?

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, चाँदीको के भयो ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij