Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाली रुपैयाँमै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

नेपाली रुपैयाँमै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

ललितपुर :  नेपालको सर्वाधिक डाउनलोड गरिएको ट्राभल एप 'ट्रिप टर्बो' र विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म 'अगोडा' बीच रणनीतिक साझेदारी भएको छ । यस सहकार्यसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा झन्झटरहित ढंगले बुक गर्न सक्ने भएका छन् ।
यस साझेदारीमार्फत ट्रिप टर्बोका प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी नेटवर्कमा रहेका लाखौँ होटल तथा आवास सेवाहरूमा सहज पहुँच पाउनेछन् । अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित र विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । 

पछिल्लो समय नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण बढिरहेको सन्दर्भमा यस सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

सन् २०२१ मा स्थापना भई २०२४ सेप्टेम्बरदेखि मोबाइल एप सञ्चालनमा ल्याएको ट्रिप टर्बोले छोटो समयमै ५ लाखभन्दा बढी डाउनलोडको माइलस्टोन पार गरिसकेको छ । हाल यो प्लेटफर्मबाट यात्रुहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटलका साथै २०० भन्दा बढी पर्यटकीय गतिविधिहरू बुक गर्न सक्छन् ।त्यस्तै, सिङ्गापुरमा मुख्यालय रहेको अगोडाले संसारभरका ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रोपर्टीहरूमा सेवा प्रदान गर्दै आएको छ ।

 ट्रिप टर्बो र अगोडाको यो नयाँ सहकार्यले गर्दा अब नेपाली यात्रुहरूले एउटै प्लेटफर्मबाट स्वदेशी तथा विदेशी दुवै प्रकारका यात्रा सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij