Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इन्धन र निर्माण क्षेत्रको ऐतिहासिक मूल्यवृद्धिले राज्यलाई ३७ अर्ब घाटा: पूर्वाधारमन्त्री लम्साल

इन्धन र निर्माण क्षेत्रको ऐतिहासिक मूल्यवृद्धिले राज्यलाई ३७ अर्ब घाटा: पूर्वाधारमन्त्री लम्साल

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले हाल नेपालमा देखिएको मूल्यवृद्धि अर्थतन्त्रमा गम्भीर असर पारेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिले राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताएका हुन् ।

मन्त्री लम्सालका अनुसार निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको मन्त्री लम्सालले जानकारी दिए । मन्त्री लम्सालकाअनुसार करिव २० दिन अगाडिसम्मको तथ्यांक हेर्दा पूर्वाधार मन्त्रालयको बजेट सीमाभन्दा करिव ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको छ ।

मन्त्री लम्सालले भने- 'अहिलेको यो मूल्यवृद्धि नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो । करिव २० दिन अगाडिसम्मको तथ्यांक हेर्दा हाम्रो मन्त्रालयको बजेट लगभग ३७ अर्ब जति घाटामा गईसकेको थियो । त्यतिबेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृद्धि भइरहेको थियो । सबैभन्दा बढी डिजेल खपत हुने क्षेत्र नै निर्माण व्यवसायी वा कन्स्ट्रक्सन इन्डस्ट्री हो । यसले गर्दा राज्यलाई पनि घाटा भयो र निर्माण व्यवसायीहरूलाई पनि ठूलो मर्का पर्‍यो ।'

यद्यपी मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई काम नरोक्न र निर्माण कार्यलाई गति दिन आग्रह गरेका छन् । विशेषगरी सडकको ‘बेस’ तयार भएका ठाउँमा तत्काल कालोपत्रे नगरे राज्य र व्यवसायी दुवैलाई ठूलो क्षति हुने उनको भनाइ छ । निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे।

बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धिका कारण लागत बढेको तथा म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए । त्यसको जवाफमा मन्त्री लम्सालले सरकारले कानुनी र नीतिगत सुधारमार्फत समस्या समाधान गर्न पहल गरिरहेको बताए ।

साथै मन्त्री लम्सालले निर्माण क्षेत्रमा ढिलासुस्ती र गुणस्तरहीन काम स्वीकार्य नहुने स्पष्ट पार्दै खरिद सम्झौताअनुसार तोकिएको समयमै काम सम्पन्न गर्न व्यवसायीहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij