Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हुम्ला-बाजुरा सीमा विवादपछि बन्द कर्णाली करिडोर खुल्यो

हुम्ला-बाजुरा सीमा विवादपछि बन्द कर्णाली करिडोर खुल्यो

सुर्खेत : हुम्ला बाजुरा सीमा विवादपछि बन्द भएको कर्णाली करिडोर तत्कालका लागि खुलेको छ । विभिन्न ५ वटा मागमा प्रहरी प्रशासनसँग सहमति भएपछि करिडोर खुलेको हो ।

स्थानीय हिमाली युवा क्लब, गाउँपालिका, राजनीतिक दलका प्रतिनिधि र प्रहरी प्रशासनबिच सहमति भएपछि यातायात सञ्चालन भएको हो ।

सम्झौतापत्रमा २४ घण्टाभित्र ५ वटा मागका विषयमा कानुनी प्रक्रियामा नगए फेरि आन्दोलन तथा अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी समेत उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटले १२ बजेतिर यातायात सञ्चालनमा आएको रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij