काठमाडौं : विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिअनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार अनलाइनमार्फत आवेदन आह्वान गरिएकोमा सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ । त्रिविको उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान रूपमा ३८–३८ जनाले आवेदन दिएका छन् ।
यसैगरी सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त आवेदनहरूको मूल्याङ्कन तथा छनोट प्रक्रिया प्रचलित कार्यविधिअनुसार अघि बढाइने जनाएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij