काठमाडौं : कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन्।
कामिरिताले आज बिहान १०:१२ बजे ३२ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् ।'३२औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,' सेभेन समिट ट्रेक्सले आफ्नो फेसबुक पेजमा लेखेको छ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान रहेको छ । उनले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij